प्याब्सन घाेराहीद्वारा आयाेजित निबन्ध प्रतियाेगिताकाे नतिजा सार्वजनिक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्याब्सन घाेराहीद्वारा आयाेजित निबन्ध प्रतियाेगिताकाे नतिजा सार्वजनिक

    मा प्रकाशित

दाङ, ६ चैत्र ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा सार्वजनिक भएकाे छ ।

प्याब्सन घाेराहीले आज साेमबार नतिजा सार्वजनिक गरेकाे हाे ।

प्रतियोगितामा मावि तह (९-१२) र आधारभूत तह ( ५-८) काे निबन्ध लेखन प्रतियाेगिता सम्पन्न गरेकाे थियाे ।

मावि तहमा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका सुजाता गाेराथाेकी प्रथम, दीपशिखा आवासीय माविका संगीत बुढाथाेकी द्वितीय र दीपशिखा माविका स्मारिका अधिकारी तृतीय भएका छन् ।

त्यस्तै आधारभूत तहमा माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका सिद्धान्त अधिकारी प्रथम, गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका आरभ शर्मा तथा माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका रक्षा शर्मा द्वितीय र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका समृद्धि वली तथा दीपशिखा आवासीय माविका श्रीगेस गिरी तृतीय भएका छन् ।
प्रतियाेगिता फागुन २० गते घाेराहीस्थित मनकामना इङलिस बाेर्डिङ स्कुलमा सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्