स्थापना दिवसमा रक्तदान गरिने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

स्थापना दिवसमा रक्तदान गरिने

    मा प्रकाशित

दाङ, ६ चैत ।
दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५३ औँ स्थापना दिवस तथा १८ औँ साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

 

यही चैत ९ गते रक्तदान गरिने संघका सदस्य तथा रक्तदान कार्यक्रम समितीका संयोजक जुद्धबहादुर घर्ती ( जगत) ले जानकारी दिए ।

 

रक्तदान गर्न इच्छुक सबैमा सहभागिताका लागि उनले आग्रह गरेका छन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर संघले स्थापना दिवस तथा साधारण सभाको अवसरमा रक्तदानको कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

 

संघले स्थापना दिवस तथा साधारण सभाको अवसरमा विभिन्न मैत्रिपुर्ण प्रतियोगीताहरु समेत सम्पन्न गरि सकेको छ । संघले चैत ९ गते स्थापना दिवस तथा ११ गते साधारण सभा गदै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्