काङ्ग्रेस क्षेत्र न. २ को सम्मेलन चैत १७ गते हुने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काङ्ग्रेस क्षेत्र न. २ को सम्मेलन चैत १७ गते हुने

    मा प्रकाशित

घोराही, १७ चैत ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन चैत १७ गते हुने भएको छ । क्षेत्रिय समितिको बैठकले क्षेत्रीय सम्मेलन यही चैत १७ गते घोराहीमा गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा बसेको बैठकले क्षेत्रीय सम्मेलन चैत १७ गते शुक्रवार घोराहीको  बहुउद्देश्यीय सभागृहमा गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि सांगठनिक प्रतिवेदन तयारीका लागि सचिव र आर्थिक प्रतिवेदन तयारीका लागि कोषाध्यक्षलाई जिम्मेवारी दिएको छ । सम्मेलनका लागि विभिन्न समितिहरु गठन गरिएको छ ।

 

जसमा गोपालप्रसाद भुषाल संयोजक एवं धनेश्वर आचार्य, ताराबहादुर डाँगी, लक्ष्मी गिरी थापा र गोवर्धन डाँगी सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, मधुसुदन अधिकारी संयोजक एवं जंगबहादुर जिसी, निमबहादुर चौधरी, जयभोला परियार, हरिबहादुर घर्ति, तेजमणी दाहाल र बदरुदिन राई सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै खुमा खड्का संयोजक एवं रेखा के.सी, शान्ता घिमिरे, तुलसा वली, पार्वता योगी, शारदा दाहाल र देवा सुवेदी सदस्य रहेको अतिथि स्वागत सत्कार समिति गठन गरिएको छ ।
साथै क्षेत्रीय समितिले चैत १७ गते विहान ११ बजेदेखी घोराहीमा रहेको बहुउद्देश्यीय सभागृहमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेता कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,  जिल्ला कार्यसमति, महाधिवेशन प्रदेश प्रतिनिधी, प्रदेश क्षेत्रिय समिति, उपमहानगरपालिका, गाउपालिका, वडा, टोल कार्यसमिति, सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु, भातृ तथा सुभेच्छुक संघसंस्थाका कार्यसमिति एवं सुभेच्छुकहरुलाई अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्