घोराही सांस्कृतिक कार्यक्रम : नायक पल शाह तथा गायकद्वय खरेल र शर्मा दाङ आउने – Kanika Khabar
Friday, March 29Nepali News Portal

घोराही सांस्कृतिक कार्यक्रम : नायक पल शाह तथा गायकद्वय खरेल र शर्मा दाङ आउने

    मा प्रकाशित

घोराही, ७ चैत
फागुन चैत ९ गतेदेखि घोराहीमा हुने तीन दिने बृहत सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहसँगै अन्य ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिको आयोजनामा हुने ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम२०७९ मा नायक पल शाहसँगै नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका गायक पशुपति शर्मा लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
अनाथ आश्रमको लागि सहयोगार्थ चैत ९ देखि ११ गतेसम्म घोराही उपमहानगरपालिका १४ झिगौरामा हुने सांस्कृतिक कार्यक्रममा नायक पल शाह, गायक प्रमोद खरेल, गायक पशुपति शर्मा, गायक चन्द्र शर्मा, गायिका सिर्जना खत्री हाउडेमाया’, गायक उर्गेन डोङ, गायक एम.टी महर, मोडलहरु करिष्मा ढकाल, रुविना अधिकारी, टिका जैशी, आरुषी मगर लगायत दङाली कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक कमल बिष्टले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्