विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

    मा प्रकाशित

दाङ, चैत ७ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘विपद् जुनसुकै बेला पनि आउन सक्छ । विपद् आउनु पूर्व नै यसको रोकथाम गर्ने तयारी थाल्नुपर्दछ । जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्नुपर्दछ । यसतर्फ लाग्न ढिलाइ नगरौं ।’
प्रदेशभित्र विपद्को उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै मुख्यमन्त्री गिरीले विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने बताए । ‘लुम्बिनी प्रदेश विपद्को उच्च जोखिममा रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढी, पहिरो, डुवान, आगलागीजस्ता विपद् रहेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘विपद् जुनसुकै बेला पनि आउनसक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्दछ ।’
विपद् व्यवस्थापन सम्बन्धी आवश्यक कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने भन्दै मुख्यमन्त्री गिरीले कानुन निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए । प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना निर्माण गरेको भन्दै मन्त्री आचार्यले यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागिपर्ने बताए।
विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना तयार
लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्