दाङमा २० किलो सुकुटीसहित एकजना पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा २० किलो सुकुटीसहित एकजना पक्राउ

    मा प्रकाशित

दाङ, ७ चैत ।

दाङमा जंगली जनावरको २० किलो सुकुटी सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

विक जंगली जनावरको सुकुटी बोकेर हिडीरहेको भन्ने गोप्पे सुचनाको आधारमा प्रहरी चौकी चंगुवा र इप्रका गडवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाइ राजपुर गाउँपालिका ५ नौसरा नजिकै सुकुटी बोकेर पैदल हिडिरहेकै अवस्थामा फेला पारी नियन्त्रमा लिएको डिएसपी गौतमले बताउनुभएको छ । पक्राउ परेका विक लाई २० किलो सुकुटी सहित आवश्यक कार्वाहीका लागी डिभिजन वन कार्यालय लमहीमा बुझाइएको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्