दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

    मा प्रकाशित

दाङ, ८ चैत्र ।
दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ४ बस्ने दुखिराम चौधरीको खाली घरमा खान तलासी गर्दा ब्राउन सुगरसहित पक्राउ परेको दाङ प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १९ वर्षीय त्रिशक्ति बर्तौला, गढवा गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय सद्धाम मनिहार, २४ वर्षीय अनिल पहाडी र २५ वर्षीय मनोज चौधरी र २७ वर्षीय प्रदिप चौधरी रहेका छन् ।

प्रहरीले उनीहरुलाई १० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्