सामाजिक विभेद अन्त्यका लागि मानिसको सोच परिवर्तन हुनुपर्छ : सांसद बिश्वकर्मा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सामाजिक विभेद अन्त्यका लागि मानिसको सोच परिवर्तन हुनुपर्छ : सांसद बिश्वकर्मा

    मा प्रकाशित

May be an image of 5 people, people standing, people sitting and indoorदाङ, ८ चैत्र ।

छुवाछुत र जातिय विभेद अन्त्य गर्न सँगै बसेर खाएर मात्र नहुने, त्यसका लागि मानिसको सोचमा परिवर्तन हुनुपर्ने सांसद लोका विश्वकर्माले बताएकी छिन् । ५८ औं जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद विश्वकर्माले समाजका विभेद अन्त्यका लागि मानिसको सोचमा परिवर्तन जरुरी रहेको बताएकी छिन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद बिश्वकर्माले नेपाल २०६३ सालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको बताउँद्रै त्यसलाई सबैले संस्थागत
विकास गर्नु पर्ने बताइन् । ‘छुवाछुत गर्नेलाई कारवाही र कानुन पनि बनेका छन् तर त्यो लागु भने हुन सकेको छैन ।’ उनले भनिन् ‘एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा र मानव भएर मानवताको जीवन शैलीमा ढाल्न नसक्दा समस्या भएको हो ।’ राज्यबाट बनाइएका नीति कार्यान्वयन गर्न गाउँपालिका अघि बढनुपर्नेमा सांसद बिश्वकर्माले जोड दिइन् । साथै उनले गाँउपालिकालाई दलितमैत्री घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

 

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी सुशील बस्नेतले जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि गाउँपालिकाको भूमिका विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहजकर्ता दलित अधिकारकर्मी निर्मल नेपालीले लामो सययदेखि दलित अधिकारका निम्ति वकालत गर्दै आएको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस दङ्गिशरण ३ का सभापति मधुकर राना, दङ्गिशरण १ बाँकीका हरिप्रसाद बिकले जातीय भेदभाव विरुद्धका होडिङ बोर्ड ,सहभोज कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा दिलकुमारी बिक , भानु माविका सहमायक कैशास अधिकारी, पार्बता कंडेल प्रमिता थापा, मुना बादी,पुस्पा परियार, गिता रेग्मीलगायतले पालिकाले दलित समुदायहरुका लागि बजेट छुटाएर जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

त्यस्तै गाउँपालिकाका प्रवक्ता रमेश भण्डारी, दङ्गिशरण ७ का अध्यक्ष रमेश भण्डारीले गाउँपालिकाका हरेक कार्यक्रम टोल टोलसम्म पुर्याउनु पर्ने र चेतना मुलक कार्यक्रम गर्न सकेमा विभेदलाई न्यूनीकरण गर्न सकिने बताए ।

त्यस्तै दलित अधिकारकर्मी सोमराज विश्वकर्मा, आसा नेपाली ,अपांग उद्दार सेवा सघका अध्यक्ष रेनुका बिक, समृद्ध समाज दङ्गिशरणका अध्यक्ष दिल कुमारी बिक, भिष्मा बस्नेत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

महिला बालबालिका शाखाका प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुचना अधिकृत टेबहादुर खत्रीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्