चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित नियुक्त – Kanika Khabar
Wednesday, June 7Nepali News Portal

चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित नियुक्त

    मा प्रकाशित

घोराही,८ चैत ।

चलचित्र विकास बोर्डको सदस्यमा चलचित्र निर्देशक एवं पत्रकार केएल पीडित नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट केएल पीडितसँगै संचारकर्मी रवि अधिकारी सदस्यमा नियुक्त भएका हुन् ।

नवनियुक्त दुबै सदस्यले मन्त्रालयबाट नियुक्तिको पत्र बुझेका छन् । पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका पीडितले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’ र कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी’लाई निर्देशन गरेका छन् ।

चलचित्र पत्रकार संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका अधिकारी १५ वर्षदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । साथै, उनी नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘पञ्चायत’, ‘बाबुकान्छा’ र ‘बद्रीबहादुर’का निर्माता हुन् । बोर्डका रिक्त तीन सदस्यमध्ये दुईमा पीडित र अधिकारी नियुक्त भएका हुन् । बाँकी एक रिक्त सदस्य पदमा नियुक्त हुन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्