महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका डिसी विजयी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका डिसी विजयी

    मा प्रकाशित

घोराही,९  चैत ।

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको हो ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतपरिणाम अनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सवैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा बिजयी हुनुभएको हो । पराजित महराले ६ सय २० मत मात्रै प्राप्त गर्नुभएको छ ।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्टिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित हुनुभएको छ । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत बिजयी हुनुभएको छ भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरि पराजित हुनुभएको छ ।

सदस्यमा नेविसंघका बसन्त कडेल,सुरेश पोख्रेल,विवेक खनाल,जीवन डिसी,अनिष कुमार चौधरी,  रमिला शर्मा, पुष्पकमल डाँगी र अनेरास्वीयुका सविन पोख्रेल बिजयी  हुनुभएको छ ।। चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि बिप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्