स्थापना दिवसको अवसरमा रक्तदान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्थापना दिवसको अवसरमा रक्तदान

    मा प्रकाशित

दाङ, ९ चैत ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५३ औ स्थापना दिवसको अवसरमा विहिवार रक्तदान गरेको छ । संघले एक कार्यक्रमको अयोजना गरि रक्तदान गरेको हो । त्यस अवसरमा २१ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम आयोजना समितीका संयोजक जुद्धवहादुर घर्ति (जगत) ले जानकारी दिए । त्यस अवसरमा सुरज वुढाथोकी, लालमणि भण्डारी, एकनारायण पौडेल, विकास वली, बिक्रम खड्का, तिलक डाँगी, शुसान्त खरेल, जगतप्रसाद आचार्य, ज्ञानबहादुर रायमाझी, भागीराम कुवर, जागेश्वर नेपाली, देवकला बस्नेत, एलिना मगर, खुमवहादुर रायमाझी क्षेत्रि, विष्णु पुन मगर, धनेश्वर शर्मा, दिनेशराज श्रेष्ठ, शंकर बि क, कृष्णदेव थापा, अर्जुन वुढा, ज्ञानबहादुर थापाले रक्तदान गरेका थिए । संघले स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गरेर मनाउदै आएको छ । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान सदस्य एवम संघका पुर्व अध्यक्ष धुव्रराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । साविक राप्ती अञ्चल कै निजी क्षेत्रको जेष्ठ संस्थाको रुपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना २०२७ साल चैत ९गते भएको हो । संघले व्यवसायीक हकहित, जिल्लाका विकास, आर्थिक विकास एवम सामाजिक कार्यहरु गदै आएको छ । स्थापना दिवसको अवसरमा संघले संस्थालाई यहा सम्म ल्याउन भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद समेत दिएको छ । संघलाइ अगाडि वढाउन आउदा दिनमा पनि साथ र सहयोग रहने समेत अपेक्षा लिएको छ । स्थापना दिवसको अवसरमा विहिवार बेलुका ६ वजे दीप प्रज्वलन गरिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्