दाङ जिल्ला उद्योग वाणिज्य संघको ५३ औ स्थापना दिवस: खाद्यान्न सहयोग – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङ जिल्ला उद्योग वाणिज्य संघको ५३ औ स्थापना दिवस: खाद्यान्न सहयोग

    मा प्रकाशित

दाङ, ९ चैत ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५३ औ स्थापना दिवसमा अवसरमा अपाङ्ग संघ खगेन्द्र नव जीवन केन्द्र स्वर्गद्धारी दाङ शाखालाइ खाद्यान्न सहयोग गरेको छ ।

 

बिहीबार खगेन्द्र नव जीवन केन्द्र स्वर्गद्धारी दाङ शाखामा पुगेर खाद्यान्न सहयोग गरिएको हो ।

 

संघले ५ वोरा चामल, १ वोरा दाल, १ पेटी तेल, १ वोरा नुुन खगेन्द्र नव जिवन केन्द्र स्वर्गद्धारी दाङ शाखाका सभापति रुपा वलीलाई प्रदान गरेको हो ।

 

संघका अध्यक्ष, संस्थापक अध्यक्ष पुर्व अध्यक्ष तथा कार्य समितिका सदस्यहरुको सहभागितामा सहयोग प्रदान गरिएको थियो । केन्द्रलाई सानो भएपनि सहयोग पुगोस भनेर उद्योग बाणिज्य संघ

 

ले सहयोग गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।

सहयोग प्रदान गरेकोमा खगेन्द्र नव जीवन केन्द्र स्वर्गद्वारी दाङ शाखाका सभापति वलीले धन्यवाद ज्ञापन दिएकी थिइन् । उनले दाताहरुको सहयोगमा नै केन्द्रमा रहेका अपाङता भएका वालवालिकाहरुलाइ खानाको व्यवस्था गरिएको उनले बताइन् । केन्द्रमा अहिले ८ जना बस्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्