भूमिहीनको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भूमिहीनको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक

    मा प्रकाशित

प्रकाश चौधरी
घोराही,९ चैत ।

भुमिहीन सुकुम्वासीको समस्या समाधानको लागि नीतिगत सुधार आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरु जोड दिएका छन् । लुम्विनी प्रदेश संवाद समूहले विहिवार दाङको घोराहीमा गरेको भूमि व्यवस्थापनमा नीतिगत चुनौती र समन्वय विषयक संवाद कार्यक्रममा वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भूमिहीनको व्यवस्थापनको लागि थुप्रै आयोगहरु बनेपनि विभिन्न प्रक्रियागत जटिलताका कारण व्यवस्थापनमा कठिनाई भएका बताएका थिए । अहिलेको अवस्थामा वनक्षेत्रको व्यवस्थापन, भूमि व्यवस्थापन, सार्वजनिक जग्गा तथा नदि उकास क्षेत्र मुख्य समस्या र कानुनी जटिलता रहेकोले ऐन संसोधन सुधार आवश्यक रहेको सहभागि वक्ताहरुको जोड थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै लुम्विनी प्रदेश सरकारका भूमि महाशाखा प्रमुख अनिल मरासिनीले भुमिहिनको समस्या राष्ट्रिय समस्याको रुपमा रहेको बताउदै नेपालभरी ६६ हजार व्यक्ति समस्यामा रहेको बताउनुभयो ।

सार्वजनिक जग्गा नाप्न नपाइने व्यवस्था ऐनमा स्पष्ट भएको बताउदै उहाँले भुमिहिनहरु १० बर्ष अगाडी देखी बसोवास गरेको हो, होइन भनि पहिचान गर्नुपर्ने समेत नियमावलीमा उल्लेख भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले सिमा विवाद जस्ता विषय संगै भूमि व्यवस्थापनको लागि आवश्यक कर्मचारी व्यवस्थापन गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले दाङ जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ७६ हजार ३ सय ७ वटा निवेदन रहेको बताउनुभयो । साथै उहाँले पुराना आयोगले गरेका अधुरा कार्यका फाइलहरु अध्ययन तथा छानविनको कार्य भैरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख नरेश कुमार खड्काले पुर्जा वितरण भन्दा पनि आयोगले निवेदन संकलनको कार्यलाई बढी प्राथमिकता दिएको पाएपनि अहिले चुनौति र समस्याको बीचवाट शुद्ध सुकुम्वासी र दलितलाई पहिलो प्राथमिकता राख्न सके सहजीकरणमा सहज हुने बताउनुभयो ।

त्यसैगरी नापी कार्यालय दाङका निमित्त प्रमुख कृष्ण अधिकारीले नापजाँचको प्रक्रिया लामो र कठिनाई पुर्ण रहेपनि नापनक्साको कार्यमा पुर्ण रुपमा सहयोग गरिरहेको बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सरकारको ध्यान भुमिहिन भन्दा पनि अव्यवस्थितलाई महत्व दिई राजश्व वढी संकलन गर्ने तिर रहेको बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, लमही नपा प्रमुख जोगराज चौधरी, दंगिशरण गापा अध्यक्ष शम्भु गिरी, गढवा गापा अध्यक्ष यम नारायण पोख्रेल, बबई गापा अध्यक्ष कुल वहादुर केसी, राप्ती गापा उपाध्यक्ष कमलापति चौधरी, जिल्ला वन कार्यालयका भक्त वहादुर चौधरी, भुमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाई, मुक्त कमैया प्रदिप चौधरी सरकारी कार्यालयका प्रतिनिधिहरु लगायत भूमि संग सम्वन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

लुम्विनी प्रदेश सहजकर्ता विक्रम खड्काको विषय प्रवेशवाट सुरु भएको कार्यक्रमको सहजीकरण वरिष्ठ सहजकर्ता शुसिल वस्नेत र स्वागत दाङ सहजकर्ता सुष्मा लामिछाने गिरीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्