शैक्षिक सुधार गर्न मावि सौडियारमा डिजिटल हाजिरको ब्यबस्था गर्ने बिब्यसको निर्णय – Kanika Khabar
Friday, April 19Nepali News Portal

शैक्षिक सुधार गर्न मावि सौडियारमा डिजिटल हाजिरको ब्यबस्था गर्ने बिब्यसको निर्णय

    मा प्रकाशित

दाङ । घोराही ७ सौडियारको जेठाे र पुरानो बिद्यालय माबी सौडियारको शैक्षिक सुधारको प्रयास थालनि भएको छ ।बिद्यालय ब्यबस्थापन समितीको आज सौडियारमा बसेको बैठकले बिद्यालयको शैक्षिक सुधार गर्न बायोमेट्रिक हाजिर(डिजिटल हाजिर )को ब्यबस्था मिलाउने निर्णय गरेको हो । बिब्यस अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले बिद्यालयमा शिक्षक र बिद्यार्थीलाई नियमीत गराउन यो इलेक्ट्राेनिक हाजिरीको ब्यबस्था गर्ने निर्णय गरेको बैठकपछि बिद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिनु भयो । त्यस्तै बैठकले बिद्यालयमा खानेपानीको उचित प्रबन्ध गर्नका लागि घोराही ७ को वडा कार्यालयलाई अनुरोध गर्ने र बिद्यालयमा टाढा-टाढाबाट अध्ययन गर्न आउने बिद्यार्थीहरुको सहजताका लागि स्कुल बस सन्चालनका लागि घोराही उपमहानगरमा पहल गर्ने निर्णय गरेको छ । यसैगरेर बैठकले बिद्यालयको शैक्षिक गतिबिधीलाई ब्यबस्थितरुपमा सन्चालन गर्न बिद्यालय ब्यबस्थापन समिती सदस्य भोजराज रावतको संयोजकत्वमा बिद्यालयका सहायक प्रधानाध्यापक यामलाल रिजाल, शिक्षक दामोदर पाण्डे सदस्य रहेको शैक्षिक सुधार अध्ययन समिती गठन गरेको छ भने बिद्यालयको आर्थिक अबस्था बारे अध्ययन गर्न बिब्यस सदस्य जिउधन चौधरीको नेतृत्वमा बिद्यालयका शिक्षक मोतिलाल केसि, बामदेब पोखरेल सदस्य रहेको आर्थिक अध्ययन समिती गठन गरेको छ । बिब्यस पदेन सदस्य घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बिद्यालयका लेखापाल केशब केसिको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले आउदो नयाँ शैक्षिक शत्रमा मन्टेस्वरि बिधीबाट बिद्यालयमा प्राबी तहमा अग्रेजी माध्यमबाट पठन पाठन सन्चालन गर्ने र त्यसका लागि स्वयमसेबक शिक्षक प्रबन्ध गर्ने निर्णय गरेको छ ।
सो अवसरमा एमाले घोराही ७ का उपाध्यक्ष माधब न्यौपाने, तरुण दल घोराही ७ का अध्यक्ष लोकबहादुर कुवर, बिद्यालयका शिक्षक प्रतिनिधि मोतिलाल केसि लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा बिद्यालयको शैक्षिक अबस्थाका बारेमा प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले गर्नु भएको थियो । यसैबिच माबी सौडियारको कक्षा ९ मा अध्ययनरत बिद्यार्थिले एसईइ दिने कक्षा १० का बिद्यार्थीहरुलाई पनि बिदाई गरेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्