डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश – Kanika Khabar
Friday, April 19Nepali News Portal

डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश

    मा प्रकाशित

दाङ, १२ चैत्र ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश भएको छ । लुम्बिनी प्रदेश प्रमुख समक्ष चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै गठबन्धनमा आवद्ध दलका ५३ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरिएको हो । यो संख्या प्रदेशको बहुमत सांसद संख्या हो ।

यो प्रदेशमा कुल सांसद संख्या ८७ हो । बहुमत सांसदहरुले हस्ताक्षर सहित नयाँ मुख्यमन्त्री नियुक्तीको माग गरेका गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष माग समेत गरेका छन् । यो धारा अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने व्यवस्था उल्लेख छ ।

यसअघि पनि यो प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन भएको थियो । ‘मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता माननीय डिल्ली बहादुर चौधरीलाई नियुक्त गरिनु पर्ने भन्दै दाबी पेश भएको छ,’ प्रदेश सांसद तथा कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले भने ‘५२ जना माननीयहरुको हस्ताक्षर सहित मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश भएको छ, र संविधानको धारा १६८(२) अन्तर्गत नै सरकार गठन गरिनु पर्ने माग राखिएको छ ।’

कांग्रेस प्रवक्ता न्यौपानेले यसअघि शंकर पोख्रेललाई मुख्यमन्त्रीबाट हटाई माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्दा पनि १६८ (२) अन्तर्गत नै गरिएको बताए । फलतः अहिले पनि यसै धारा अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनु पर्ने भन्दै गठबन्धनमा आवद्ध दलहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष अनुरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्