दरबन्दी मिलानको नाममा शिक्षकमाथि विभेद : शिक्षक महासंघ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दरबन्दी मिलानको नाममा शिक्षकमाथि विभेद : शिक्षक महासंघ

    मा प्रकाशित

घोराही, १२ चैत ।

नेपाल शिक्षक महासंघ घोराही नगर समितिले उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलानको नाममा आस्थाका आधारमा छानीछानी शिक्षक सुरुवा गर्ने काम भएको भन्दै विरोध जनाएको छ ।

महासंघले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमति विपरित गरिएको शिक्षक सरुवा नसच्याउन कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि शिक्षकहरु तयार भएपनि आस्थाको आधारमा शिक्षकहरुमाथि छानीछानी गरिएको विभेद मान्न आफुहरु तयार नभएको नेपाल शिक्षक महासंघ घोराही नगर समितिका सहअध्यक्ष हुमबहादुर रानाले बताएका छन् ।

सहअध्यक्ष रानाले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अबिलम्ब सच्याउन समेत माग गरेका छ । ‘शिक्षक महासंघसँगको सहमति अनुसार दरवन्दी मिलान गर्ने सहमति भएको थियो । तर व्यवहार शिक्षकहरुको सरुवा गर्ने काम भएको छ’,सहअध्यक्ष रानाले भने,‘त्यो निर्णय अविलम्व सच्याउन माग गर्दछौ । अन्यथा शिक्षकहरु कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौ ।’

विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने सम्बन्धि विभिन्न समयमा शिक्षक महासंघ तथा पेशागत शिक्षक संघ÷संगठनको औपचारिक÷अनौपचारिक बैठक तथा छलफलमा भएका सहमति विपरित दरबन्दी मिलान गर्ने बहानामा शिक्षा ऐन÷नियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढंगले दरवन्दी मिलान गरिएको महासंघका सहअध्यक्ष रानाले बताए ।

‘शिक्षक सरुवा गर्दा पनि शिक्षकसँगै उसले पढाउने विद्यालय र जान चाहेको विद्यालय व्यवस्थापन समितिको सहमति हुनुपर्छ’,उनले भने,‘तर यहाँ न शिक्षकलाई थाहा छ,न विद्यालयलाई नै थाहा छ ।’ उनीहरुले महिला शिक्षकहरुलाई सरुवा गर्दा अप्ठेरो नपर्नेगरी दरवन्दी मिलान गर्नुपर्ने भएपनि जानीजानी दुःख दिने नियतले पढाई रहेका स्कुलमा बाहिरबाट शिक्षक ल्याएर सरुवा गर्ने काम समेत गरिएको बताए ।

शिक्षक महासंघमा आवद्ध अधिकांश शिक्षकहरुको उपस्थीति रहेको कार्यक्रममा शिक्षक महासंघका नगर सहअध्यक्ष रानाले सोमवार बैठकको बसेर आन्दोलनका कार्यक्रमहरुलाई कसरी अघि बढाउने भन्ने बारेमा थप कार्यक्रमहरुको तय गर्ने समेत बताए ।

‘अहिले घोराही उपमहानगरपालिका,घोराही नगर शिक्षा समिति र सामाजिक विकास महाशाखालाई सहमति अनुसार दरवन्दी मिलानको कार्य गर्न र शिक्षक सरुवाको कार्य रोक्न माग गरेका छौ’,उनले भने,‘हाम्रा मागहरुलाई बेवास्था गरिए, थप संघर्षका कार्यलाई अघि बढाउने छौ ।’ अध्यक्ष रानाका आधारमा घोराहीमा १ सय १ जना शिक्षकहरुको सरुवा गरिएको छ ।

नेपाल शिक्षक महासंघ घोराही नगर समितिको विरोध कार्यक्रममा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही, एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संगठन घोराही, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही र अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी घोराहीको आवद्धता रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्