लागूऔषध दुर्व्यसनीको अवस्था विकराल छ : प्रजिअ बैद्य – Kanika Khabar
Friday, March 29Nepali News Portal

लागूऔषध दुर्व्यसनीको अवस्था विकराल छ : प्रजिअ बैद्य

    मा प्रकाशित

दाङ, १२ चैत ।
दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल रहेको बताउनु भएको छ । लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भुमिका महत्त्वपूर्ण रहेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर ओलीले स्थानीय तहले वडावडा पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताए ।

त्यसअवसरमा घोराही कारागारका प्रमुख लक्ष्मण सिंह राठौरले लागूऔषधले समाजमा अपराधसँगै चोरीका घटना बढेको बताएका छन् । तीन वर्षअघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताए । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताए ।

राप्ती ईन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताएका छन् । विशेषगरी विद्यार्थी युवाहरू कुलतमा फसेको भन्दै यिनीहरुको निगरानीमा सबैले चासो दिनुपर्ने बताएका छन् ।

यस्तै मनोपरामर्शदाता शैलेष शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ वर्षदेखि २० वर्षको उमेर समुहका रहेको बताए । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनी चाख्ने बानीले बिस्तारै दुर्व्यसनी फसेको बताए ।

उनका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ । त्यसपछि ट्याब्लेट, अफिमबाट बनेका ब्राउनसुगर, हिरोइन, सुघ्ने औषधि, कडा खालका औषधि रहेका छन् । अहिले दाङमा १७ वटा भन्दा धेरै सुधारकेन्द्र रहेको भन्दै धेरै जो कोही पनि मानिसले साथीको दबाबमा कुलतको बाटो रोजेको बताए ।

कार्यक्रममा नयाँ पाईला पुर्नस्थापना केन्द्रका सल्लाहकार सुष्मा गिरीले लागू पदार्थ सेवनले सामाजिक, मानसिक, मनोबैज्ञानिक, आर्थिक रुपमा नकारात्मक असर पार्ने बताइन् । लागूऔषध दुर्व्यसनीले समाजमा महिला हिंसा फैलाएको उनको भनाइ छ । लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताइन् ।

नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताए। उनले लागूऔषध नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताए । जुनसुकै लागू पदार्थले मानिसमा असर गर्ने मात्र नभएर समाजमै विकृति फैलिएको बताए।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डाँगीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताए । आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाए ।
लागू पदार्थ दुर्व्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको विषय लागूऔषध दुर्व्यसनी रहेको बताएका छन् ।

समाज कल्याण दाङको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना केन्द्रको सहयोग एंव राप्ती ईन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गरेका थिए । केन्द्रकी बिनु दाहालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्