पार्टीभित्र यसरी नै घचेटिरहे नयाँ पाइला चाल्न सकिने : रावल – Kanika Khabar
Friday, April 19Nepali News Portal

पार्टीभित्र यसरी नै घचेटिरहे नयाँ पाइला चाल्न सकिने : रावल

    मा प्रकाशित

कैलाली , १४ चैत्र ।
नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ पाइला चाल्न सकिने बताएका छन् ।

कैलालीमा आज मंगलबार पत्रकार सम्मेलन गर्दै उनले एमालेभित्रकाे एक तत्वले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखेकाे बताएका छन् ।

उनले भने, ` यसरी नै घचेटिरहे नयाँ पाइला चाल्नेछु ।´

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताएका हुन्।

उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला म नयाँ पाइला चाल्न पनि सक्छु ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्