अर्थतन्त्रका ‘चमक’ प्रकाश – Kanika Khabar
Friday, April 19Nepali News Portal

अर्थतन्त्रका ‘चमक’ प्रकाश

    मा प्रकाशित

दाङ, १४ चैत ।
नेपाली कांग्रेस सरकारमा जाने भएसंगै कांग्रेस प्रवक्ता प्रकाश शरण महतले अर्थमन्त्रालय सम्हाल्ने सम्भावना चुलिएको छ । अर्थतन्त्रका जानकार महतको जिम्मेवारीमा यो मन्त्रालय रहे मुलुकको अर्थतन्त्र बलियो हुने लख काटिएका छन् । त्यसोत, बिगतमा मुलुकको अर्थतन्त्र उकास्न धेरै राम्रा कामहरु गरेका दृष्टान्त महत संग छन् ।

यी दृष्टान्तलाई सदुपयोग गर्दै मुलुकको अर्थतन्त्रलाई सुधारमा ल्याउन महतको खाँचो कांग्रेसले पनि महशुस गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो आवश्यक्तालाई बोध गर्दै उक्त मन्त्रालयमा प्रवक्ता महतलाई पठाउने मनस्थिति बनाएका छन्।
उनले अर्थमा महतलाई पठाउनेबारे पार्टीका नेताहरुलाई पनि बताइसकेका छन् ।

चैत १० गते मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गएका नेता डा. शेखर कोइरालासँग आफूले अर्थमा महतलाई पठाउने तयारी गरेको बताएका थिए।‘मन्त्रीबारे छलफल गर्न हामी धुम्बाराही गएका थियौँ,सभापतिज्यूले अर्थमा प्रकाशशरणलाई वचन दिइसकेको छु भन्नु भयो’ स्रोतले भन्यो ‘त्योबाहेक मन्त्रालयमा छलफल गरौँ भन्नुभयो ।’

सभापति देउवाले महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिनुको उदेश्य वर्तमान कमजोर अर्थतन्त्रलाई अथ्र्याएका छन् । अहिले अर्थतन्त्र डामाडोलको अवस्थामा रहेको भन्दै देउवाले यसलाई माथि उकास्ने सक्ने उपयुक्त पात्रका रुपमा प्रकाशलाई छानेका छन् । उनलाई अर्थमन्त्रालयको जिम्मेवारी प्रदान गरिए वैदेशिक अनुदान र सहयोग ल्याउन देउवाले सहज देखेका छन् ।

प्रवक्ता महत अन्तरदेशि सम्बन्ध सुमधुर राख्न पोख्त नेता हुन् । २०७३ मा परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेका उनले त्यो बेला नाकाबन्दीका कारण भारत संग खट्पट भएको सम्बन्ध सुधार्न अहम् भूमिका निर्वाह गरेका थिए । उनी त्यो बेला ३ पटक भारत भ्रमण गरेर नेपाल भारत विचको सम्बन्धमा आएको चिसोपनालाई अन्त्य गरिदिएका थिए ।

उनले गरेको भारत भ्रमण र सम्बन्ध सुधारका लागि गरेको अथक मेहनतका कारण भारतले नाकाबन्दी खोलेर आपूर्ति व्यवस्थापनलाई सूचारु ग्रिदिएको थियो । उनकै पहलका कारण भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आउने वातावरण समेत बनेको थियो ।
उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए । यस्तै चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) लाई नेपालको हितअनुकूल हुने गरी कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।

महत यसअघि २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्री थिए । उनको यो मन्त्री कार्यकालमा भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय निकै महत्वपूर्ण बन्यो । नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय गरेका महतले ढल्केबर–मुजफफ्पुर ४ सय केभी प्रशारण लाइन निर्माण भयो । जसले नेपालको लोडसेडिङ अन्त्यमा टेवा पुग्यो ।

देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्थ गर्दा महत पहिलो पटक परराष्ट्र राज्यमन्त्री नियुक्त भएका थिए ।
माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका महत तत्कालीन द्धन्द व्यवस्थापनमा समेत उत्तिकै महत्वपूर्ण भूमिकामा रहे ।

२०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेका उनलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइएको थियो ।
अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन्।
मुलुकको अर्थमन्त्रालयमा प्रकाशको आगमन हुने सम्भावनाकै बिच शेयर बजार समेत उत्साहित देखिएको छ । त्यसका केहि राम्रा संकेतहरु समेत देखिन थालिसकेका छन् ।

बजार कारोबार सुरु नहुँदै अर्थमन्त्रीमा महतको चर्चाले नेप्से १७.७० अंकले बढ्यो। आइतबार १८ सय विन्दुमा झरेको बजार परिसूचक नेप्से यो खबरसँगै बढेर १९०६ विन्दुमा पुग्यो । वर्तमान सत्ता गठबन्धनबाट अर्थमन्त्रीमा नेपाली कांग्रेसका प्रवक्ता डा. महतको नाम अघि सारिएपछि बढेको सेयरबजारले लगानीकर्ता आशावादी बनेको संकेत दिएको जानकार बताउँछन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्