मिटरब्याजी पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली – Kanika Khabar
Friday, April 19Nepali News Portal

मिटरब्याजी पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

    मा प्रकाशित

काठमाडौं , १४ चैत ।
सरकारले मिटरब्याजी पीडितहरूसँग छलफल गरी समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवि शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको छ ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य रहेका छन् ।

टोलीले तत्काल छलफल अगाडि बढाउने गृह मन्त्रालयका उपसचिव एवम् वार्ता टोलीका सदस्य तामाङले जानकारी दिए । मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा प्रदर्शन गरेका छन् । खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा प्रदर्शन गरेका हुन् । धर्नास्थल टङ्गालमा पुगेका गृह सचिव विनोदप्रकाश सिंहले आन्दोलन र धर्नाको कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्