शिक्षक दरबन्दी मिलानमा घोराही उपमहानगरपालिका नियम विपरीत : उच्च अदालत तुलसीपुरले बोलायो छलफलमा – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

शिक्षक दरबन्दी मिलानमा घोराही उपमहानगरपालिका नियम विपरीत : उच्च अदालत तुलसीपुरले बोलायो छलफलमा

    मा प्रकाशित

No description available.दाङ, चैत १४ ।
उच्च अदालत तुलसीपुरले शिक्षक सरुवाको विष्षयमा २१ गते छलफलमा बोलाएको छ ।

दाङको घोराही उपमहानगरपालिकाले ऐन नियम विपरीत दरबन्दी मिलान भन्दै गरेको शिक्षकहरुको सरुवाको कार्यान्वयन तत्काल नगरी चैत २१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

आज मंगलबार उच्च अदालत तुलसीपुरल न्यायाधीश बविता उप्रेतीको एकल इजलाशले घोराही उपमहानगरपालिकालाई तत्काल सरुवाको निर्णय कार्यान्वयन नगर्न भन्दै छलफलमा बोलाएको हो ।

दरबन्दी मिलानको नाममा १ सय १ जनाको सरुवा गरेको बिरोधमा शिक्षकहरु तर्कबहादुर बस्नेत, गुरुप्रसाद डिसी लगायतका ७ शिक्षकले उच्च आदलत तुलसीपुर दाङमा सो सरुवाको विरुद्धमा सोमवार उत्प्रेषण, परामादेश र निषेधाज्ञा जारी गराई पाऊँ भनी मुद्दा दिएका थिए । गैर कानुनी रुपमा गरिएको सरुवाको बिरोधमा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा बिरुद्ध शिक्षकहरुले मुद्दा दायर गरेका थिए।

गत चैत ८ गते शिक्षकहरुको पेशागत साझा संगठन नेपाल शिक्षक महासंघ घोराहीका अध्यक्ष लगायत शिक्षकका पेशागत संघ, संगठनहरुसँग समन्वय र छलफल नै नगरी सरुवा गरिएको भन्दै शिक्षकरुले चरणबद्ध आन्दोलन सुरु गरेका छन ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्