घोराहीमा ‘क्षितिजको क्यानभासमा युद्धचित्र’ कार्यक्रम – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

घोराहीमा ‘क्षितिजको क्यानभासमा युद्धचित्र’ कार्यक्रम

    मा प्रकाशित

तिर्थराज चौधरी
घोराही, २१ चैत्त ।

बिगत एक दशकदेखि कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्दै आएको एउटा अभियान हो, उदाहरण समुह नेपाल । कला,साहित्य र संगीतको विकासका लागि छलफल र विमर्श,पुस्तकको समिक्षालगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको उदाहरण समूह नेपालको आयोजनामा मंगलवार घोराहीमा ‘क्षितिजको क्यानभासमा युद्धचित्र’ नामक कार्यक्रम सम्पन्न गरिएको छ ।

साहित्यकार क्षितिज मगरद्धारा लिखित ‘भेडीकम्बलको प्वाल’ कथा संग्रहको बारेमा समिक्षा तथा बिमर्श गरिएको हो । कथा संग्रहको समिक्षा साहित्यकार पदमप्रसाद पोखरेलले गरेका थिए । पोखरेलले पुस्तकको गहन अध्ययन गरि सबल पक्षका तारिफ र केही सुधार्नु पर्ने पक्ष औँल्याउँदै आगामी दिनमा साहित्य सिर्जनाका क्रममा लेखकलाई सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रमको दोस्रो सेसन बहसको थियो । बहस सेसनको वक्ताहरुमा ‘भेडीकम्बलको प्वाल’ कथा संग्रह लेखक क्षितिज मगर, प्राध्यापक केशव सुवेदी, साहित्यकार तथा संस्कृतिविद डा गोविन्द आचार्य र सुमिना रहेका थिए । बहस सेसनमा बोल्दै वक्ताहरुले कथा संग्रहमा धेरै पक्षहरु अब्बल हुँदाहुँदै पनि कथामा समाबेश पात्र र कथाको बिषयवस्तुमा टिप्पणी गरेका थिए । देखापरेका कमजोरीहरुलाई औँल्याएर आगामी पुस्तक हरुमा थप सशक्त रुपमा कलम चलाउन सुझाव समेत दिएका थिए ।

प्रकाशनको अनुभव शेयर गर्दै पुस्तकका प्रकाशक बिजयराज आचार्यले यस्तो खालको पुस्तक प्रकाशनको बिरलै पाइने अवशर पाएकोमा खुसी ब्यक्त गरेका थिए । बहसको सेसनमा बक्ताहरुसँग उदाहरण समुहका अभियानता घनश्याम अस्तित्व सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल साहित्यकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण उदाहरण समूहका अर्का अभियानता तिर्थराज चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्