दाङ, २३ चैत्र ।
राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेश स्तरी गजल प्रतियोगिता आयोजना गर्ने भएको छ । परिषद्को ४६ औँ स्थापना दिवस तथा २३ औँ साधारण सभाको अवसरमा परिषद्ले गजल प्रतियोगिताको आयोजना गर्न थालेको हो ।
गजल प्रतियोगिताका लागि परिषद्ले गजल आह्वान गरेको छ । आगामी वैशाख २३ र २४ गते हुन थालेको परिषद्को स्थापना दिवसका अवसरमा हुन थालेको गजल प्रतियोगिताका लागि वैशाख १० गतेसम्म परिषद्मा उपलब्ध गराइसक्नु पर्ने कार्यक्रम संयोजक तथा परिषद्का सचिव आदिम केसीले बताएका छन् ।
प्रतियोगितामा सहभागी हुनका लागि गजलकार लुम्बिनी प्रदेशभित्रको हुनुपर्ने, गजल अप्रकाशित हुनुपर्ने, गजल कुनै आक्षरिक लय वा बहरमा लेखिएको हुनुपर्ने परिषद्ले जनाएको छ । साथै गजल वैशाख १० गतेभित्र kc.a[email protected] मा इमेल पठाइसक्नुपर्ने संयोजक केसीले बताएका छन् ।