समाज परिवर्तनको प्रमुख संवाहक साहित्य : उपकुलपति लामिछाने – Kanika Khabar
Sunday, May 28Nepali News Portal

समाज परिवर्तनको प्रमुख संवाहक साहित्य : उपकुलपति लामिछाने

    मा प्रकाशित

निरला अर्याल
तुलसीपुर, २५ चैत

नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति यादवप्रसाद लामिछानेले समाज परिवर्तनको प्रमुख संवाहक साहित्य भएको बताएका छन् । उनले साहित्यले समाजको चित्रण गर्ने हुँदा साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान गर्नुपर्ने बताए ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरको २३ औं साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले साहित्य जीवनको अभिन्न पाटो भएको भन्दै साहित्य समाजको हरेक गतिविधिहरुलाई परिवर्तन गर्न सक्ने बताएका थिए ।

समय सापेक्ष समाजलाई विविध क्षेत्रबाट अगाडी बढाउन साहित्यको महत्वपूर्ण भूमिका रहने बताए । राम्रा गतिविधिहरुको वकालत तथा गलत प्रवृत्तिलाई खबरदारी गर्दै साहित्यीक गतिविधिलाई अघि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि खगराज न्यौपाने देशमा राणा साशनको विरुद्धमा पनि साहित्यकारहरुले साहित्यको माध्यमबाट बिगुल फुक्ने काम गरेको भन्दै अहिलेका विकृतीका विरुद्धमा बोल्ने आट राख्न सक्नुपर्ने बताएका थिए ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष्य डिल्लीराज गौतम श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार काशीनाथ न्यौपाने, मेघलाल केसी, जोशिमा कँडेल, एकल गोगने अर्जुनकुमार न्यौपाने , नवराज रजौरे, रामहरी रिजाल, भवानी न्यौपाने भावना, साहित्यकार देवी प्याकुरेल, साहित्यकार डा काशीनाथ न्यौपाने, हिरामणि दुखी, अर्जुन पौंडेल , इन्द्र केसीलगायतकाले आफ्नो रचना बाचन गरेका थिए ।

साहित्यकार मेगलाल आत्रेय केसीको ‘सुपुस्पका विज’ पुस्तक विमोचन गरिएको थियो । पुस्तकको समीक्षा श्रीधर शर्माले गरेकी थिइन । कार्यक्रममा २३ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ । प्रगति प्रतिवेदन डिल्ली रेग्मी तथा आर्थिक प्रतिवेदन श्रीधर शर्माले गरेका थिए । साहित्यकार तिलक न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण शेषमणि रिजालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्