नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा- घिमिरे – Kanika Khabar
Friday, February 14Nepali News Portal

नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा- घिमिरे

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, २७ चैत ।
नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा शंकर घिमिरे चयन हुनु भएको छ ।
नेपाल गोजुरियो कराते संघ लुम्बिनी प्रदेशको आईतवार सम्पन्न प्रथम अधिवेशनले घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा निशाना रोकामगर,सचीव तारा बहादुर वलि,कोषाध्यक्ष तेज बिक्रम वलि हुनुहुन्छ । त्यसैगरी संघको सदस्यमा एमेसन चौधरी,सत्य देब थापा,अस्मिता बोगटी,सरोज थापा,पुजा राना रहनु भएकोछ ।
अधिवेशनको उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव, प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासघका सचीव बि आर मित्रको अध्यक्षता तथा लुम्बिनि प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो अबसरमा नेपाल कराते महासघका वरिष्ठ उपाध्यक्ष हरिशरण के सि, श्याम शेर्पा,पवन पौडेल लगाएको उपस्थिति रहेको थियो।
तेज बिक्रम वलिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कराते प्रशिक्षक केशब बि क ले गर्नु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्