रास्वपाको निर्णय : दुई करोड अडिओ प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई कारबाही – Kanika Khabar
Thursday, April 18Nepali News Portal

रास्वपाको निर्णय : दुई करोड अडिओ प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई कारबाही

    मा प्रकाशित

काठमाडौँ, २९ चैत्र ।
दुई करोडको अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको छ ।

आज बुधबार बसेको पार्टीको बसेको केन्द्रीय समिति बैठकले अनुशासन समितिले गरेको कारवाहीको सिफारिसलाई अनुमोदन गर्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

त्यस्तै, बैठकले श्रेष्ठलाई सांसद पदबाट पनि हटाउने निर्णय गरेको छ । श्रेष्ठलाई कारवाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले उक्त अडियो आफ्नो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणीत भएको बताए ।

त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्