राप्ती साहित्य परिषद्को ४६ औँ स्थापना दिवस : ४३ स्रष्टा पुरस्कृत हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

राप्ती साहित्य परिषद्को ४६ औँ स्थापना दिवस : ४३ स्रष्टा पुरस्कृत हुँदै

    मा प्रकाशित

घोराही ।

राप्ती साहित्य परिषद्ले ४३ स्रष्टालाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

वैशाख २२ र २३ गते घोराहीमा हुने वार्षिक साहित्यिक समारोहमा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिने भएको हो । राप्ती साहित्य परिषदले गठन गरेको प्रतिभा छनोट समितिले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरू स्रष्टाहरूलाई उपलव्ध गराउने निर्णय गरेको छ । प्रतिभा छनोट समितिका संयोजक पुरुषोत्तम खनालको संयोजकत्वमा गठित समितिले स्रष्टा छनोट गरेको हो । २०७८ र ७९ मा गर्नुपर्ने सम्मान तथा पुरस्कार एकैपटक वितरण गर्न लागिएको हो परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले जानकारी दिनुभयो ।

परिषदका अनुसार राप्ती साहित्य पुरस्कार २०७८ पद्मप्रसाद शर्मा (दाङ), २०७९ खेमराज शर्मा (रोल्पा), विष्णुनुमा पुरस्कार २०७९ बालस्रष्टा लक्ष्मी सुवेदी (रोल्पा), दीलसरी दल अतिरिक्त पुरस्कार २०७९ शशीराम कार्की (रुकुम पश्चिम), नन्दहरि पुरस्कार २०७८ प्रदीपराज श्रेष्ठ (दाङ), २०७९ प्रकाशचन्द्र घिमिरे (दाङ), डोमादेवी साहित्य पुरस्कार २०७८ जीतबहादुर शाह (सल्यान), २०७९ बुद्धिप्रकाश शर्मा (सल्यान) र ऋषिलक्ष्मी साहित्य पुरस्कार २०७९ रामचन्द्र श्रेष्ठ (रोल्पा)लाई प्रदान गरिने भएको छ ।

यसैगरी पद्माकूल हास्यव्यङग्य पुरस्कार २०७८ कमल गाउँले (दाङ), देवीचन्द्र साहित्य पुरस्कार २०७८ कमल पोख्रेल (प्युठान), २०७९ केवी मसाल (दाङ), अपामुकुन्द प्रज्ञा पुरस्कार २०७८ दामोदर पौडेल (दाङ), २०७९ वसन्त विवश आचार्य (दाङ),गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७८ भेषराज पौडेल (दाङ), २०७९ गोविन्द मधुर आचार्य (दाङ), गोमा देवकोटा स्मृति कला पुरस्कार २०७८ चाहना झाँक्री (दाङ), २०७९ शान्ता वली (दाङ), हरिप्रसाद पाण्डेय मीना पाण्डेय कला साहित्य पुरस्कार २०७८ बुद्धिप्रकाश धिताल (दाङ), २०७९ कृष्ण गिरी (दाङ देउखुरी) खोविलाल हुकुमादेवी छन्द पुरस्कार २०७८ पीताम्बर रिजाल (दाङ), २०७९ धनसिंह गिरी (दाङ) लाई प्रदान गरिने भएको छ ।

परिषद्ले पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार २०७८ ज्ञानेन्द्र स्वर्णकार (दाङ), २०७९ प्रकाशप्रिय कुसुम्या (दाङ), पण्डित कपिलमुनि भक्तकुमारी पुरस्कार २०७९ दलबहादुर बस्नेत (दाङ), तिलका तुल्सीराम स्मृति पुरस्कार २०७८ डा.जनार्दन आचार्य (बाँके), २०७९ वीरेन्द्र शाही (सल्यान), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार २०७८ श्रवण नेपाली (दाङ), २०७९ वीणा रोका (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार २०७८ कविता उपाध्याय (रोल्पा), वसन्त वली वसन्ती (दाङ), चन्द्रमधु गीत संगीत पुरस्कार २०७८ लिलावती बुढा (सल्यान), २०७९ घनश्याम केसी (दाङ), ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७८ खगराज न्यौपाने (दाङ), २०७९ प्रमोद धिताल (दाङ), प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०७८ हरिप्रसाद भण्डारी (गुल्मी), २०७९ भूवन देवकोटा (दाङ), श्रीबहादुर दिलमाया साहित्य पुरस्कार २०७८ धर्मबहादुर बुढा (रुकुम पूर्व), २०७९ लक्ष्मी मगर (प्युठान) टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७८ चन्द्र शर्मा (दाङ), २०७९ खगेन्द्र गिरी (बाँके) लाई प्रदान गर्ने जनाएको छ ।

यसैगरी २०७७ र २०७८ मा प्रकाशित साहित्यिक कृतिका लागि राप्ती सिर्जना पुरस्कार २०७७ नीमबहादुर थापा (नूरदेव) द्वारा लिखित नाकावासीको सपना नियात्रा (२०७७) (दाङ) र २०७८ उत्तमकृष्ण मजगैयाँद्वारा लिखित परिक्रमा समालोचना २०७८ लाई प्रदान गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्