शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न – Kanika Khabar
Thursday, April 25Nepali News Portal

शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न

    मा प्रकाशित

नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्रको पनि सुरुवात भएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयले नयाँ योजना पनि अगाडि बढाउने गर्दछन् । कनिका खबर अनलाइनले शिक्षासँग आफूलाई जोड्दै नयाँ शैक्षिक सत्रसँग केन्द्रित रहेर प्रिन्सिपललाई पाँच प्रश्न प्रश्न राख्ने गरेको छ । प्रस्तुत छ ‘शिक्षासँग कनिका : प्रिन्सिपललाई पाँच प्रश्न’ मा ग्रेट बुद्ध एकेडेमी  नारायणपुर दाङका प्रिन्सिपल निर्मल न्यौपानेसँग गरिएको कुराकानीको सार सङ्क्षेप । (सम्पादक)

नयाँ शैक्षिक सत्र सुरु गर्दै गर्दा विद्यालयका योजना केके रहेका छन् ?

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयले बनाएका योजना यसप्रकारका छन् :
क. मानव मूल्य शिक्षा सञ्चालनमा जोड,
ख. प्रविधिमैत्री कक्षा सञ्चालन,
ग. विद्यालय र अभिभावकबिचको प्रगाढ सम्बन्ध ,
घ. विद्यार्थीका सर्वाङ्गिन विकासका लागि पठनपाठनका साथै अन्य अतिरिक्त क्रियाकलापलाई जाड्ने,
ङ. खेलकुद र संगीत प्रशिक्षकको व्यवस्था,
च.अभिभावक शिक्षा कार्यक्रम सञ्चालन
छ.शिक्षकको पेसागत तालिम सञ्चालन र तालिम सिकाइ कार्यान्वयन ।

शिक्षण सिकाइ बिस्तारै डिजिटललाइजेसन हुँदै गर्दा विद्यालयलाई प्रविधिमैत्री बनाउन केके गर्नुभएको छ ?

हामीले विद्यालय सफ्टवेयरको प्रयोग, इन्टरनेटसहितको कम्प्युटर ल्याब, प्रोजेक्टरबाट कक्षा सञ्चालन, मल्टिमिडियाको प्रयोग, रिसर्च बेसको शिक्षण सिकाइ, सूचना सम्प्रेषणमा प्रविधिको प्रयोग गर्दै आएका छौँ नै आगामी वर्षमा यसलाई अझै प्रभावकारी बनाएर लैजाने पक्षमा छौँ ।

अभिभावकले कस्तो भूमिका निर्वाह गर्नुपर्दछ ?

एउटा विद्यालय सफल बन्नका लागि शिक्षक, विद्यार्थीसँगै अभिभावकको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहन्छ । विद्यालयलाई लक्ष्यमा पु¥याउन अभिभावकले एउटा ट्राफिकको भूमिका निर्वाह गर्नु पर्दछ जसले गर्दा एउटा बसरुपि विद्यालय सही ढङ्गले सञ्चालन भइरहेको छ, छैन भनी ट्राफिकको आँखाले हेर्नु पर्दछ । आफ्नो बालबालिकाले अध्ययन गर्ने विद्यालय कस्तो छ भनी नियमित विद्यालय जाने, शिक्षकहरुसँग जानकारी लिने, विद्यालय अभिभावकका लागि पनि हो भन्ने मानसिकताको विकास गर्न जरुरी छ ।

शिक्षक हुनु र प्रिन्सिपल हुनुमा के फरक छ ?

प्रिन्सिपलको पद शिक्षकको भन्दा निकै बोझिलो र जिम्मेवारीपूर्ण रहन्छ भने शिक्षक शिक्षण सिकाइ क्रियाकलाप र विद्यालय वातावरणसँग मात्र सीमित रहन्छ । । त्यस्तै प्रिन्सिपल एउटा शिक्षक, अभिभावक, प्रशासक, लेखापाल, जनसम्पर्क अधिकारी, पियन सबै थोक हो जसले विद्यालयको सम्पूर्ण गतिविधि र बाहिरको वातावरण सबैसँग सम्पर्कमा रहनुपर्छ समस्या पहिचानदेखि समस्या समाधानसम्मको जिम्मेवारी रहन्छ ।

बालबालिकाका लागि अभिभावकले विद्यालय रोज्दा केके कुरामा ध्यान दिनुपर्छ ?

बालबालिका लागि विद्यालय रोज्दा अभिभावकले विद्यालयले आधारभूत मापदण्ड पूरा गरे नगरेको, विद्यालयको शैक्षिक वातावरण, बालमैत्री शिक्षण सिकाइ, शिक्षकको परिपक्वता, शुल्क विवरण, भौतिक दूरी, विद्यालयको शैक्षिक उपलब्धी, पिउने पानी, शौचालय लगायतका विषयमा ध्यान दिनुपर्दछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्