महिलालाई जवरजस्ती यौन धन्दामा लगाउने होटल सञ्चालक पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

महिलालाई जवरजस्ती यौन धन्दामा लगाउने होटल सञ्चालक पक्राउ

    मा प्रकाशित

दाङ, ७ वैशाख ।

दाङमा प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–५ स्थीत बि.एण्ड.बी. होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय नुमराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

कामको खोजीमा पुगेका दुई महिलालाई विभिन्न आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लाग्न वाध्य बनाउने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो । ‘आर्थिक प्रलोभन देखाएर होटल सञ्चालकले महिलालाई परपुरुषसँग यौन सम्बन्ध राख्न लगाउने गरेको पीडित उजुरी परेपछि पक्राउ गरेका छौ’,प्रहरी नायव उपरीक्षक गौतमले भने,‘महिलाहरूले अस्वीकार गरे डर, त्रास देखाउँदै यौन क्रियाकलापमा संलग्न हुन बाध्य गराउने गरेको भन्ने आरोप छ । घट्नाबारेमा अनुसन्धान भैरहेको छ ।’ प्रहरीका अनुसार होटेल संचालक भुसालले ग्राहक होटेलमा आएको समयमा महिलालाई फोन गरेर बोलाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ ।

होटल संचालकले गत मंसिरदेखि चैत्र २७ गतेसम्म होटलमा काम गर्दै आएका महिलाइ यौन धन्दामा लगाएको खुलेको छ । वैशाख १ गते पक्राउ परेका होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्