इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । गएराति भएको खेलमा टोटेनहम सेफिल्ड युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन सन्डेर बेर्गे, माउसेट र ओलिभरले एक एक गोल गरे ।
टोटेनहमका ह्यारी केनले एक गोल फर्काउनुभएको थियो । खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउँदा ३३ औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याएपनि रेफ्रीले त्यो गोललाई मान्यता दिएनन् । ६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २–० ले अघि रह्यो ।
८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिम ३–० ले अघि रह्यो । खेलको अन्तिम समयमा केनले एक गोल फर्काएपनि टोटेनहम ३–१ ले पराजित भयो । घरेलु मैदानमा जित निकालेसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ । सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्