उपनिर्वाचन : बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान – Kanika Khabar
Friday, April 19Nepali News Portal

उपनिर्वाचन : बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान

    मा प्रकाशित

दाङ, १० वैशाख ।

आज आइतबार नेपालका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेकाे छ ।

निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो ।

चितवन–२ वाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठबीचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।

यसैगरी, बारा–२ वाट विजयी रामसहाय यादव उपराष्ट्रपति तथा तनहु–१ वाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोविन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्