उपनिर्वाचन : तनहुँ १ मा मतगणना सुरू – Kanika Khabar
Monday, April 21Nepali News Portal

उपनिर्वाचन : तनहुँ १ मा मतगणना सुरू

    मा प्रकाशित

तनहुँ, ११ वैशाख ।

तनहुँ क्षेत्र नं. १ मा आइतबार भएकाे प्रतिनिधिसभा सदस्यकाे निर्वाचनकाे मतगणना सुरू भएकाे छ ।

निर्वाचन क्षेत्रका ६९ वटै मतदान स्थलमा रहेका १५२ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकले पौने ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्