सर्वदलीय बैठक बस्न नसकेपछि चितवनकाे मतगणना साेमबारदेखि मात्र – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वदलीय बैठक बस्न नसकेपछि चितवनकाे मतगणना साेमबारदेखि मात्र

    मा प्रकाशित

चितवन, १०, वैशाख ।

आज आइतबार भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नेबारे छलफल सर्वदलीय बैठक बस्न सकेकाे छैन । आइतबार अबेरसम्म पनि सर्वदलीय बैठक बस्न नसकेपछि भोलि साेमबार बिहान बस्ने भएकाे छ ।

बैठक बस्न नसकेपछि आज चितवन २ को मतगणना नहुने भएको छ। बैठकमा कांग्रेसले नै निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएको छ।

आइबार दिउँसो कांग्रेस सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्