मन्त्री किरातीले भने — रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ – Kanika Khabar
Monday, February 16Nepali News Portal

मन्त्री किरातीले भने — रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ

    मा प्रकाशित

काठमाडौँ, १५ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जोड गरेका छन् ।

आज शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले लामिछानेले जनताको लोकप्रिय मत पाएको हुँदा उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्।

जनमतको सम्मान गर्न पनि सरकारले लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने नैतिक दवाव रहने मन्त्री किरातीले बताए । त्यसका लागि सरकारका तर्फबाट आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्