नारायणपुर महोत्सवको दोस्रो दिन : विभिन्न कलाकारको प्रस्तुति – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

नारायणपुर महोत्सवको दोस्रो दिन : विभिन्न कलाकारको प्रस्तुति

    मा प्रकाशित

दाङ, १५ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज दोस्रो दिन विभिन्न कलाकारहरुले प्रस्तुति राखेका छन् ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शुक्रबार गायक प्रेम शर्मा, शरद समीप, मिलन बुढा भीम लगायतले प्रस्तुति राखेका थिए । महोत्सवको दोस्रो दिनदेखिे रौनकता पनि बढेको सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले बताए ।

महोत्सवमा गायिका शर्मिला अर्यालले पनि प्रस्तुति राखेकी थिइन् । नृत्यङ्गनाहरु सीमा श्रेष्ठ, एलिसा बराल र एन्जिला श्रेष्ठ लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

महोत्सवमा भोलि लोक गायक खुमन

No description available.

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि शनिबार लोक गायक खुमन अधिकारीको प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको तेस्रो दिन गायक देवेन्द्र बस्नेत, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिला श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्