लुम्बिनी प्रदेश : नव नियुक्त मुख्यमन्त्री चौधरीले सोमबार बिश्वासको मत लिने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

लुम्बिनी प्रदेश : नव नियुक्त मुख्यमन्त्री चौधरीले सोमबार बिश्वासको मत लिने

    मा प्रकाशित

No description available.दाङ, १५ वैशाख ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामीसोमबार विश्वासको मत लिने भएका छन् ।

आज शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको शपथ लिएका मुख्यमन्त्री चौधरीले शपगपछि प्रदेश राजधानी देउखुरीमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि बसेको मन्त्रीपरिषदको पहिलो बैठकले आगामी सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लागिएको मुख्यमन्त्रीको सचिवालयले बताएको छ । आर्थिक वर्षको सुरुवात हुँदै गर्दा बजेट घोषणाका लागि पनि बजेट निर्माण गर्नुपर्ने भएकोले विश्वासको मत लिई यथाशीघ्र मन्त्रीपरिषद् बिस्तार गरिने मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्‍याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । हिजो बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्