आज राति १२ बजेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आज राति १२ बजेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

    मा प्रकाशित

काठमाडौँ, १५ वैशाख ।
आज राति १२ बजेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्