सिनिरमा किड्स र जुनियरमा सिटि युथ बिजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

सिनिरमा किड्स र जुनियरमा सिटि युथ बिजयी

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१६ वैशाख , दाङ ।
ग्रासरुट मैत्रीपुर्ण आमन्त्रित फुटसल प्रतियोगिता २०८० आज बाकेको कोहलपुरमा सम्पन्न भएको छ ।
सिटि युथ एकेडेमी क्लब कोहलपुर बाकेको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगिताको सिनियर तर्फ
किड्स फुटबल एकेडेमी तुलसिपुर दाङ बिजयी भएको छ । सिटि युथ क्लब कोहलपुर बाकेको सिनियर टिमलाई ७ का विरुद्ध १३ गोल अन्तरले पराजित गर्दै किड्स फुटबल एकेडेमी तुलसिपुर बिजयी भएको हो ।
त्यस्तै जुनियर तर्फ सिटि युथ एकेडेमी क्लब कोहलपुर बाके बिजयी भयो । किड्स फुटबल एकेडेमी तुलसिपुरको जुनिएर टिम लाई ५ का विरुद्ध ६ गोलले पराजित गर्दै सिटि युथ एकेडेमीको जुनियर टिम बिजयी भएको हो ।
दुई जिल्लाका खेलाडीमा आपसी चिनजान, मित्रता,सद्भाव र खेलकौसलमा सकारात्मक प्रभाव कायम राख्न प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ८ देखि १४ वर्ष मुनि उमेर समुहमा नियमित अभ्यासरत खेलाडिहरुको सहभागिता रहेको थियो ।
सिटि युथ एकेडेमी क्लब कोहलपुरका अध्यक्ष युवराज शाहीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज शाहीको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल,निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित श्रेष्ठ,अखिल नेपाल फुटबल संघ एन्फा दाङका प्रशिक्षक दुर्गाराज लवट लगाएतको उपस्थिति रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्