मुक्तिनाथ बिकास बैक लमही साखाको बित्तीय साक्षरता कार्यक्रम – Kanika Khabar
Monday, February 16Nepali News Portal

मुक्तिनाथ बिकास बैक लमही साखाको बित्तीय साक्षरता कार्यक्रम

    मा प्रकाशित

शिब राज खनाल
देउखुरी १७ चैत
मुक्तिनाथ विकास बैंक लि. लमही साखाले बित्तीय साक्षरता कार्यक्रम सपन्न गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि दाङको सतबरियामा जनस्तरमा बित्तीय ज्ञान पुर्याउने उद्देश्यले सर्बसाधारण नागरिकका लागि बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै लमही साखाका प्रबन्धक धिरज केसीले बैंक मार्फत आर्थिक कारोबार गर्दा आफुले गरेको कारोबारको हिसाबकिताब सजिलै थाहा पाउन सकिने भएकाले जनस्तरमा बैंकीङ पहुच पुग्न आबस्यक रहेको बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएकाे छ ।
कार्यक्रमको सहजीकरण बैंकका कर्जा साखा प्रमुख मबिन आचार्यले गरेका हुन । मुक्तिनाथ विकास बैंक लि.ले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत बैंकिङ वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्