निराका हत्या आराेपी सार्वजनिक – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

निराका हत्या आराेपी सार्वजनिक

    मा प्रकाशित

काठमाडौं, १७ वैशाख ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यारालाई सार्वजनिक गरेकाे छ । आचार्यकाे हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सिआइबीले सार्वजनिक गरिएको हाे ।

सिआईबी ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्न रहेको सिआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।

आफूहरूसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्