नारायणपुर महोत्सवको चाैथाे दिन विभिन्न कलाकारकाे प्रस्तुति, भाेलि साेमबार नरेश खाती र बिन्दु परियारकाे प्रस्तुति रहने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नारायणपुर महोत्सवको चाैथाे दिन विभिन्न कलाकारकाे प्रस्तुति, भाेलि साेमबार नरेश खाती र बिन्दु परियारकाे प्रस्तुति रहने

    मा प्रकाशित

दाङ, १६ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज आइतबार चाैथाे दिन विभिन्न कलाकारहरूकाे प्रस्तुति रहेकाे छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न कलाकारहरूकाे प्रस्तुतिसँगै दर्शकहरुले मनोरञ्जन लिएका हुन् ।

गायक शालिक राेका, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो । एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।

महोत्सवमा भोलि साेमबार नरेश र बिन्दु

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो  नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि साेमबार गायक नरेश खाती र गायिका बिन्दु परियारकाे प्रस्तुति रहने छ । खाती र परियारले दाङबाट नेपाली गीत संगीतमा प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका छन् ।
साथै भोलि महोत्सवको पाँचौ  दिन गायक पिताम्बर रिजाल गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्