आज नारायणपुर महोत्सवको पाँचौ दिन : नरेश र बिन्दुको प्रस्तुति रहने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज नारायणपुर महोत्सवको पाँचौ दिन : नरेश र बिन्दुको प्रस्तुति रहने

    मा प्रकाशित

नारायणपुर, १८ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज पाँचौ दिन चर्चित गायक नरेश खाती र गायिका बिन्दु परियारको प्रस्तुति रहने भएको छ । नेपाली लोक गीत तथा सुगम सङ्गीतका हस्ती मानिने दुबै स्रष्टा दाङका हुन् ।

राजधानी काठमाडौँलाई कर्म थलो बनाएर साङ्गीतिक क्षेत्रमा लागिरहेका खाती र परियार नेपाली सङ्गीतमा जमेका कलाकारका रुपमा चिनिन्छन् ।

खातीका मेरो बाबा सुपर म्यान, माया मारेर, ए आमा संसार देखायौ, मुटुभित्र तिम्रै नाम लगायतका गीतले चर्चा बटुलेका छन् भने ढाँटेको होइन मायालु बोलको गीत खातीको भरखरै बजारमा आएको छ ।

बिन्दुका हुर्केको छोरो हुँ म संस्कारमा, पर्ख पर्ख मायालु, माया गर्छु म लगायतका गीत चर्चामा रहेका छन् । बिन्दुले छक्का पञ्जा ३ सिक्वेलमा रहेको चर्चित गीत पहिलो नम्बरमा पनि स्वर भरेकी छन् ।

त्यस्तै महोत्सवमा आज गायक पिताम्बर रिजाल गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्