विश्व साइकल यात्री पुष्कर शाहले रास्वपा पार्टी कार्यालयमा प्रवेश नपाएपछि लेखे ‘घण्टी घरको कथा’ – Kanika Khabar
Monday, February 16Nepali News Portal

विश्व साइकल यात्री पुष्कर शाहले रास्वपा पार्टी कार्यालयमा प्रवेश नपाएपछि लेखे ‘घण्टी घरको कथा’

    मा प्रकाशित

दाङ, १८ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालको निमण्त्रणामा विश्व साइकल यात्री पुष्कर शर्मा पार्टी कार्यालय बसुन्धारा पुगे पनि उनले कार्यालयभित्र प्रवेश पाएका छैनन् । सोमबार बिहान उपाध्यक्ष अर्यालको निमन्त्रणापश्चात पार्टी कार्यालय पुगेका शाह साइकलमा गएका कारण प्रवेश नपाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘घण्टी घरको कथा’ शीर्षकको स्टाटस लेख्दै पालेले साइकललाई घण्टी घरभित्र प्रवेश नदिएको बताएका छन् ।

‘घन्टी घरको कथा ‘
माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले
चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ स् फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी /

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्