दंगीशरण,१८ बैशाख ।
नेपाली कांग्रेस दंगीशरणको आयोजना तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङको सहजीकरणमा बार्षिक कार्ययोजना अभिमुखीकरण बैठक दंगीशरणको हेकुलीमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस दाङको बार्षिक कार्ययोजना, कार्यक्रम र पार्टीका विभिन्न पदमा रहने व्यक्तिहरुले काम, कर्तब्य, निती र अधिकारलगायतका बिषयमा अभिमुखिकरण गरिएको थियो ।अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीले पार्टी सिस्टममा चल्नुपर्ने बताएका थिए । बर्षभरी पार्टीले गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुबारे जानकारी गराउँदै अब जनताको हरेक सुख र दुःखमा कांग्रेस कार्यकर्ताको पहिलो उपस्थिति हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै जिल्ला कार्यसमिति सहसचिब सुबोध डाँगीले बद्लिदो राजनीतिक परिवेशमा कांग्रेस युवा पुस्ताको भावनालाई प्रतिनिधित्व हुने गरी अघि बढ्नुपर्ने बताए । उनले परम्परागत रुपमा अघि बढ्न खोजे जनताले स्वीकार नगर्ने बताएका हुन ।
नेपाली कांग्रेस दाङको परिपत्र अनुसार वार्षिक कार्ययोजना अभिमुखीकरण बैठकमा बोल्ने अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पुस्ता हस्तान्तरणसँगै पार्टीमा अनुसासन, निती,तथा प्रशिक्षणको अत्यन्तै आवश्यकता रहेको बताएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रदेश प्रतिनिधि,क्षत्रीय प्रतीनिधि,गाउँ कार्यसमिति, वडा समितीलगायतको सहभागीता रहेको थियो ।
नेपाली कांग्रेस दंगीशरणका सभापती सम्भु गिरीको सभापतीत्व तथा जिल्ला उपसभापति कमानसिंह भारतीको प्रमुख आथित्यता तथा जिल्ला सहसचिब सुबोध डाँगीको विशिष्ट आथित्यतामा अभिमुखीकरण भएको थियो । नेपाली कांग्रेस दंगीशरणका उपसभापती गिरीराज न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिब ओपेन्द्रराज शर्माले गरेका थिए ।


