प्रविधिकाे प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक : मन्त्री शर्मा – Kanika Khabar
Monday, February 16Nepali News Portal

प्रविधिकाे प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक : मन्त्री शर्मा

    मा प्रकाशित

दाङ, १९ वैशाख ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपमल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको बताएकी छिन् ।
सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले केही समयअघि सरकारी सर्भरहरुमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको बताएकी हुन् ।

` सो कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइसकेको छ । त्यसका साथै साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ । तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको छ । सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालन भइरहेको छ । यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । ´ जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको र राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका जारी सन्देशमा बताइएको छ । ` सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रुपमा स्थापित हुन पुगेको छ । यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको छ । नागरिकले आर्थिक कारोवारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको छ । यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको छ ।´ सन्देशमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्