राष्ट्रपति पाैडेलले आफ्नो उपचार खर्च आफै बेहाेर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

राष्ट्रपति पाैडेलले आफ्नो उपचार खर्च आफै बेहाेर्ने

    मा प्रकाशित

काठमाडौं, १९ वैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारमा लागेको खर्च राष्ट्रपति स्वयंले बेहोर्ने भएका छन् । उनले आफ्नो उपचार खर्च राज्यकोषबाट नलिने जनाएका छन् । राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च आफूले बेहोर्न चाहेको उल्लेख गरेको छ ।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नभएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा लगिएको थियो ।

राष्ट्रपतिको उपचारमा लाग्ने खर्च राज्यकोषबाट खर्च गरिने आशंका गरिएको भएपनि राष्ट्रपति पौडेलले आफ्नो सम्पूर्ण उपचार खर्च आफूले नै बेहोर्ने जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्