महाेत्सवमा एकल लाेक नृत्य प्रतियोगिता हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महाेत्सवमा एकल लाेक नृत्य प्रतियोगिता हुने

    मा प्रकाशित

नारायणपुर, २० वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा एकल लाेक नृत्य प्रतियोगिता हुने भएकाे छ ।

स्थानीय स्तरमा रहेका कला प्रतिभालाई समेत अवसर प्रदान गर्ने उद्देश्यका साथ एकल लाेक नृत्य प्रतियोगिता आयाेजना गरिएकाे आयाेजकले बताएकाे छ ।

प्रतियोगितामा सहभागी हुनका लागि प्रतियाेगीले नाम दर्ता गराउनुपर्ने स्थानीय कलाकार उपसमितिका संयाेजक शरद समीपले जानकारी दिए ।

साथै प्रतियाेगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्