दाङ, २० वैशाख ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ रहेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री समेत रहेका रायमाझीका छोरा बुटवलबाट पक्राउ परेका हुन् ।
पूर्व मन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । योसँगै शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका थिए ।


