‘व्यवसायी पलायन रोक्न योजना बनाएर काम गरौँ’ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

‘व्यवसायी पलायन रोक्न योजना बनाएर काम गरौँ’

    मा प्रकाशित

दाङ, २३ बैशाख ।

निजी क्षेत्रमा देखिएको आर्थिक समस्या र व्यवसायी पलायन रोक्न दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थानीय सरकार र अन्य सरोकारवालासँग छलफल गरेको छ । आर्थिक समस्याका कारण घोराहीमा मात्र दुई सय व्यवसायी व्यवसायबाट पलायन भएका छन् । छलफलमा व्यवसायीहरू प्लायन हुने क्रम बढेको भन्दै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योजना बनाएर पहल थाल्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले आर्थिक मन्दीबाट जुधेर अगाडि बढ्नु पर्ने भन्दै त्यसका लागि योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । ‘आर्थिक मन्दीबाट जोगाउने योजना निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘व्यवसायीलाई जोगाउन आप्mनो तर्फबाट सहयोग रहने छ ।’ उपमहानगरपालिकाले व्यावसायिक क्षेत्रलाई बचाउन आवश्यक पर्ने नीति, नियम निर्माण गर्न तयार रहेको समेत उनको भनाइ छ ।

व्यावसायिक क्षेत्र नै बच्न नसकेमा स्थानीय सरकारले राजस्व समेत उठाउन नसक्ने र नागरिकले रोजगार समेत प्राप्त गर्न नसक्ने उनले बताए । अहिलेको अवस्थामा घरधनीहरूले घर खाली राख्नुभन्दा भाडा घटाएर खाली हुन नदिनतर्फ लाग्नुपर्ने उनले बताए । ‘घरधनीले घरै खाली हुनुभन्दा पनि दुई÷चार रूपैयाँ आइराख्ने वातावरण बनाउनु पर्दछ’, नगर प्रमुख चौधरीले भने । घोराहीको बजारलाई चलायमान गराउन मानिस आउने वातावरण बनाउनतर्फ लाग्नुपर्ने बताए । ‘जिल्लामा विकासको काममा गर्दा विरोध होइन सहकार्य गरेर अगाडि बढौँ’, उनले भने, ‘यसतर्फ निजी क्षेत्रले भूमिका खेल्नुपर्छ ।’

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले निजी क्षेत्र र स्थानीय सरकार समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन् । निजी क्षेत्र र स्थानीय सरकार समन्वय गरेर अगाडि बढेमा समस्याको समाधान गदै अगाडि बढ्न सहज हुने उनको भनाइ रहेको छ । अहिले पनि धेरै व्यवसायी दर्ताबिना सञ्चालन भइरहेको उनले बताइन् । सबैलाई दर्ताको प्रक्रियामा ल्याउन उद्योग वाणिज्य संघले सहयोग गदै आएको र आउँदा दिनमा पनि सहयोग रहने बताइन् ।

राजस्व असुलीमा चुहावट हुने गरेको भन्दै यसलाई रोक्न सबैले सहयोग गर्न समेत आग्रह गरिन् । घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले व्यवसायीले व्यवसाय सुरु गर्दा गरिने सम्झौता गर्दा ध्यान दिनुपर्ने बताए । सुरुमा ध्यान नदिने पछि समस्या भयो भन्ने प्रवृत्ति रहेको भन्दै यस प्रकारको कार्यले व्यवसायीलाई नै समस्या हुने उनको भनाइ थियो । घरबहाल कर आम्दानीले तिर्नुपर्ने भए पनि व्यवसायीहरूले तिर्ने गरेको समेत बताए । घरधनीसँग सम्झौता गर्दा सचेत हुनुपर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले घोराहीको व्यापार घट्दै गएको बताए । नागरिकले गाउँ–गाउँमा सेवा पाउन थालेपछि बजारमा व्यापार घट्दै गएको उनको भनाइ छ । अहिलेको अवस्थाका व्यवासायीलाई विस्थापित हुनबाट बचाउन ३ वटै सरकारले रणनीति बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले व्यवसायीहरूलाई भावनात्मक एकतामा जोड्नुपर्ने बताए । जसले गर्दा एउटाले व्यवसाय गर्दै गरेको स्थानमा बढी भाडा दिएर अरु आउने प्रवृत्ति रोक्न सकिने उनको भनाइ थियो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीले पछिल्लो समय व्यवसायीहरू पलायन हुने क्रम बढेको भन्दै यसलाई रोक्न लाग्नुपर्ने बताए । टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यले बजार व्यवस्थित गराउन लाग्नुपर्ने बताए । बजारमा सरसफाईदेखि एकरूपता कायम गराउन पहल हुनुपर्ने उनको भनाइ छ । कार्यक्रम संघका अध्यक्ष बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्