सांसद अमेरशकुमार सिंह भए संसदममा अर्धनग्न – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

सांसद अमेरशकुमार सिंह भए संसदममा अर्धनग्न

    मा प्रकाशित

काठमाडौँ, २५ वैशाख ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज सोमबारको संसद बैठकमै अर्धनग्न भएका छन् । सभामुखसँग आकस्मिक समय माग गरे पनि सभामुखले समय नदिएकाको बिरोधमा संसद सिंहले आफूले लगाएका लुगा खोलेका हुन्।

सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।
सिंहले लुगा खोलेपछि सभामुख घिमिरेले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु । माननीय सदस्य तपाईँ अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस् । माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईँलाई चेतावनी दिन चाहन्छु । तपाईं आफ्नो ठीक ढंगबाट बस्नुस् ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्